नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनमा सुनुवाइ सुरू

नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनमा सुनुवाइ सुरू : Icon Khabar

काठमाडौं, मंसिर ५ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरू भएको छ ।

जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् ।

न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ गरिरहेको छ ।

जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाड, सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. इन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, आशिष बुढाथोकी, गोविन्द चौधरी, टंक कुमार गुरुङ, शरणार्थी नेता टेकनाथ रिजाल, सागर राई, रामशरण केसी, केशव तुलाधरले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतले उनीहरुको निवेदन सुनुवाइ गरी जिल्लाकै आदेश सदर गर्ने, उनीहरुलाई धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारेमा एउटा निर्णय गर्नेछ ।

Published Date: 21 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु