टिकटक प्रतिबन्धविरुद्धको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी

टिकटक प्रतिबन्धविरुद्धको रिटमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ जारी : Icon Khabar

काठमाडौं, मंसिर ५ । टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा मंगलबार सुनुवाइ भइरहेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भनिएको थियो । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले टिकटक नचल्ने बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 November 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने