जाजरकोट भूकम्पमा परि ज्यान गुमाएकाका परिवारलाई नगद राहत वितरण सुरु

जाजरकोट भूकम्पमा परि ज्यान गुमाएकाका परिवारलाई नगद राहत वितरण सुरु : Icon Khabar

जाजरकोट, मंसिर ४ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पमा परी ज्यान गुमाएकाका परिवारका सदस्यलाई नेपाल सरकारले सोमबारबाट नगद राहत वितरण सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम खलंगाको थाप्लेबाट नगत वितरण सुरु गरेको हो । थाप्लेमा १३ जनाले ज्यान गुमाएका थिए । नेपाल सरकारले एक जना मृत्यु भएको परिवारलाई दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भएकाहरूलाई थप एक लाखका दरले दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सरकारले गरेको निर्णय बमोजिम नै राहत वितरण सुरु गरिएको हो ।

Published Date: 20 November 2023


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी