तिहार बिदा पछि खुलेको नेप्से परिसूचक १.३९ अंकले बढ्यो

तिहार बिदा पछि खुलेको नेप्से परिसूचक १.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यता सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।
आज कारोबार रकम बढेको छ। तिहार अघि १ अर्बभन्दा कमको शेयर कारोबार भइरहेको बजारमाआज २८४ स्टकको ४४ हजार ७२७ पटकको कारोबारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 20 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु