तिहार बिदा पछि खुलेको नेप्से परिसूचक १.३९ अंकले बढ्यो

तिहार बिदा पछि खुलेको नेप्से परिसूचक १.३९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यता सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक बढेको छ।
आज कारोबार रकम बढेको छ। तिहार अघि १ अर्बभन्दा कमको शेयर कारोबार भइरहेको बजारमाआज २८४ स्टकको ४४ हजार ७२७ पटकको कारोबारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ७ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, सोल्टी होटलको ६ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2023
Website | + posts




ताजा
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने