चलचित्र ‘कार्साङ’ का लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित

चलचित्र ‘कार्साङ’ का लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित : Icon Khabar

काठमाडौं, मंसिर ४ । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

यस्तै, चलचित्रमा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पालाई फिल्ममा देख्न सकिन्छ । शिल्पा पनि चलचित्रमा भित्रिएपछि ३ जना नायिकाहरूले चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यस चलचित्रमा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।

चलचित्र ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो चलचित्र यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिने निमार्णपक्षले बताएको छ । फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री पनि भइसकेको छ ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

Published Date: 20 November 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी