चलचित्र ‘कार्साङ’ का लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित

चलचित्र ‘कार्साङ’ का लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित : Icon Khabar

काठमाडौं, मंसिर ४ । चलचित्र ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

यस्तै, चलचित्रमा नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पालाई फिल्ममा देख्न सकिन्छ । शिल्पा पनि चलचित्रमा भित्रिएपछि ३ जना नायिकाहरूले चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यस चलचित्रमा शिल्पा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले जानकारी दिए।

शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । चलचित्रमा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।

चलचित्र ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ । यो चलचित्र यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिने निमार्णपक्षले बताएको छ । फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री पनि भइसकेको छ ।

यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न