जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड भन्दा बढी आर्थिक सहयोग प्राप्त

जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री कोषमा १५ करोड भन्दा बढी आर्थिक सहयोग प्राप्त : Icon Khabar

काठमाडौं, मंसिर ३ । गत १७ कार्तिक राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग पाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ मंसिरसम्म १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो । सो भूकम्पबाट प्रभावितका लागि उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग रकम घोषणा गर्न होडबाजी नै चलेको थियो ।

तर, सरकारले एकद्वारका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।

कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।

Published Date: 19 November 2023


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर