भारतको झारखण्डमा कार रूखमा ठोक्किँदा पाँच जनाको मृत्यु

भारतको झारखण्डमा कार रूखमा ठोक्किँदा पाँच जनाको मृत्यु : Icon Khabar

भारत, मंसिर २ । भारत झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीले दिएको जनाकारीअनुसार दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो ।

तीव्रगतिमा रहेको गाडी मुफ्सिल प्रहरी चौकी क्षेत्रको बाघमारामा पुगेपछि चालकले नियन्त्रण गुमाउँदा उक्त कार सडकको छेउमा रहेको रुखमा ठोक्किएको हो ।

यस घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् । शव पोष्टमार्टमका लागि पठाइएको र घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने