प्रहरीद्वारा गोली प्रहार गरी एक व्यक्ति पक्राउ

प्रहरीद्वारा गोली प्रहार गरी एक व्यक्ति पक्राउ : Icon Khabar

बाँके, मंसिर १ । स्थानीयलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने एक जनालाई बाँके प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

कोहलापुर–११ का आकाश रानालाई प्रहरीले खजुरा–४ बाट शुक्रबार बिहान पक्राउ गरेको हो । कोहलपुर–१२ का २९ वर्षीय मीनबहादुर विकलाई धारिलो हतियार प्रहार गरी राना फरार भएका थिए ।

रानालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । घाइते विकको भेरी अस्पतालमा उपचार भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 November 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)