प्रहरीद्वारा गोली प्रहार गरी एक व्यक्ति पक्राउ

प्रहरीद्वारा गोली प्रहार गरी एक व्यक्ति पक्राउ : Icon Khabar

बाँके, मंसिर १ । स्थानीयलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने एक जनालाई बाँके प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

कोहलापुर–११ का आकाश रानालाई प्रहरीले खजुरा–४ बाट शुक्रबार बिहान पक्राउ गरेको हो । कोहलपुर–१२ का २९ वर्षीय मीनबहादुर विकलाई धारिलो हतियार प्रहार गरी राना फरार भएका थिए ।

रानालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । घाइते विकको भेरी अस्पतालमा उपचार भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Published Date: 17 November 2023


ताजा
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु