तिहार बिदापछि आज मात्रै सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो

तिहार बिदापछि आज मात्रै सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर १ । तिहारपछिको पहिलो कारोबारमा सुनको २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (मंसिर १ गते) छापावाल सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, कात्तिक २७ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउमा पनि उछाल आएको छ । चाँदी ९० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि कात्तिक २७ गते भने चाँदीको भाउ १ हजार ३६० रुपैयाँ निर्धारण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 November 2023
Website | + posts




ताजा
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता