तिहार बिदापछि आज मात्रै सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो

तिहार बिदापछि आज मात्रै सुन तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर १ । तिहारपछिको पहिलो कारोबारमा सुनको २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (मंसिर १ गते) छापावाल सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, कात्तिक २७ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउमा पनि उछाल आएको छ । चाँदी ९० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि कात्तिक २७ गते भने चाँदीको भाउ १ हजार ३६० रुपैयाँ निर्धारण भएको थियो ।

Published Date: 17 November 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न