कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति

कपडा गोदाममा आगलागी हुँदा १७ लाखको क्षति : Icon Khabar

सिरहा, कार्तिक ३० । गोलबजार नगरपालिका-६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published Date: 16 November 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु