चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दलहरूलाई २ करोड ७४ लाख बराबरको राहत सामाग्री उपलब्ध

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दलहरूलाई २ करोड ७४ लाख बराबरको राहत सामाग्री उपलब्ध : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलहरूलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने कांग्रेसका नेता रामहरि खतिवडाले बताए । छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताए ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ । अब छठलगत्तै उक्त सामाग्री एक द्वार प्रणालीमार्फत भूकम्पपीडितलाई हस्तान्तरण गरिन्छ’, खतिवडाले रातोपाटीसँग भने ।

खतिवडाका अनुसार दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएको खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 November 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न