भक्तपुर चेम्बर अफ कमर्सद्वारा शुभ दिपावली, नेसं ११४४ र छठ पर्वको शुभकामना आदान प्रदान

भक्तपुर चेम्बर अफ कमर्सद्वारा शुभ दिपावली, नेसं ११४४ र छठ पर्वको शुभकामना आदान प्रदान : Icon Khabar

भक्तपुर, कार्तिक २४ । भक्तपुर चेम्बर अफ कमर्सले आज शुभ दिपावली, नयाँ नेपाल संवत ११४४ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।

अर्थविज्ञ एवं इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उनले राज्यको नेतृत्व तह स्वार्थ केन्द्रित नहुने हो भने मुलुकको विकासको सम्भावना धेरै भएको बताए। उनले मुलुकमा अझै पनि सवल पक्ष धेरै रहेको हुँदा सबैको प्रयासबाट राजनीतिक तहलाई दबाब दिनु पर्नेमा जोड दिए।

भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले संस्थाले उद्यमी व्यवसायीको आवश्यकतामा आधारित रहेर सेवा सुविधा उपलब्ध गराउंदै आएको बताउदै व्यवसायिक विषय वस्तुमा विचार मन्थनका लागि भक्तपुर चेम्बर अफ कमर्स उपयुक्त स्थान भएको बताए।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछें रत्न मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले समग्र आर्थिक क्षेत्र निराश हुँदै गएको अवस्थामा अब उद्यमी व्यवसायीलाई उत्साह जगाउने अभियान थालनी गर्नुपर्ने बताए। उनले आफ्नो हक अधिकार र अस्तित्वका लागि व्यवसायिक क्षेत्रले आफ्नो आवाज बुलन्द गर्न हतार भईसकेको र भक्तपुर चेम्बर अफ कमर्सले आफ्नो तर्फबाट व्यवसायीहरुलाई झकझकाउने काम गर्दै आएको बताए।

उक्त कार्यक्रममा मौजूदा आर्थिक अवस्था र अबको बाटो विषयक एउटा प्रस्तुति पनि भएको थियो। संस्थाका कार्यसमिति सदस्य श्री माधव प्रसाद प्रजापतिको संयोजकत्वमा भएको सो कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायी, वस्तुगत एवं व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2023
Website | + posts