कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत (कविता)

कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत (कविता) : Icon Khabar

कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत
नेवार समुदायमा म्ह: पूजाको रूपमा प्रख्यात

म्ह: पूजाको अपेक्षा आत्मा खुसी र जीवनको सार्थक
गोवर्द्धन तथा गोरु पूजा नेपालीको परम्परा मोलिक

खेती किसानका लागि उपयोगी र सहयोगी गोरुको पूजा
आत्मा शुद्धीकरण र रोगव्यादीबाट मुक्तको लागि म्ह: पूजा

नेपाल सम्वतमा नेवार समुदायको शुभकामना सहित न्हुद या र्याली
खुसी र हर्षमा सबै नेपाली ले एकताको पिट्नुपर्छ झ्याली

पर्व एक नाम अनेक जाति अनुसारको अनेक संवत
गरिब किसान निमुखाको एक मात्र संवत नेपाल संवत

गरिब किसानको सामन्ती शोषकको ऋण मुक्तिको सम्झना
सम्पूर्ण नेपालीको अपनत्व गाँसिएको नेपाल संवतको शुभकामना

लेखक: सत्यराम कासिछवा

मिति: २०८० कार्तिक २५ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2023
सत्यराम कासिछ्वा
+ posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने