कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत (कविता)

कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत (कविता) : Icon Khabar

कुनै जाति, व्यक्ति विशेषको होइन नेपाल संवत
नेवार समुदायमा म्ह: पूजाको रूपमा प्रख्यात

म्ह: पूजाको अपेक्षा आत्मा खुसी र जीवनको सार्थक
गोवर्द्धन तथा गोरु पूजा नेपालीको परम्परा मोलिक

खेती किसानका लागि उपयोगी र सहयोगी गोरुको पूजा
आत्मा शुद्धीकरण र रोगव्यादीबाट मुक्तको लागि म्ह: पूजा

नेपाल सम्वतमा नेवार समुदायको शुभकामना सहित न्हुद या र्याली
खुसी र हर्षमा सबै नेपाली ले एकताको पिट्नुपर्छ झ्याली

पर्व एक नाम अनेक जाति अनुसारको अनेक संवत
गरिब किसान निमुखाको एक मात्र संवत नेपाल संवत

गरिब किसानको सामन्ती शोषकको ऋण मुक्तिको सम्झना
सम्पूर्ण नेपालीको अपनत्व गाँसिएको नेपाल संवतको शुभकामना

लेखक: सत्यराम कासिछवा

मिति: २०८० कार्तिक २५ गते

Published Date: 11 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग