तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुन्छ: प्राधिकरण

तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुन्छ: प्राधिकरण : Icon Khabar

काठमाडौँ, कात्तिक २४ । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतकाे माग हुने गरेको छ । उनका अनुसार सबैभन्दा पिक माग भनेको एक हजार दुईदेखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूर्णरूपमा धान्न सक्ने उनको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता भट्टराईले भने, “तिहारमा सबैभन्दा बढी माग १२०० देखि १२५० मेगावाटसम्म हुने गरेको छ । विद्युत् उत्पादन क्षमता १८०० मेगावाट भएकाले माग धान्न सकिन्छ । पूर्णरूपमा निर्धक्क भएर बत्ती बाल्दा हुन्छ ।” अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतकाे खपत भएको छ । उनले भने, “प्राधिकरण धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ, तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्दैन ।”

घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उनको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एमसिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 November 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)