तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुन्छ: प्राधिकरण

तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुन्छ: प्राधिकरण : Icon Khabar

काठमाडौँ, कात्तिक २४ । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु हुँदै छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतकाे माग हुने गरेको छ । उनका अनुसार सबैभन्दा पिक माग भनेको एक हजार दुईदेखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूर्णरूपमा धान्न सक्ने उनको भनाइ छ ।

प्राधिकरणका प्रवक्ता भट्टराईले भने, “तिहारमा सबैभन्दा बढी माग १२०० देखि १२५० मेगावाटसम्म हुने गरेको छ । विद्युत् उत्पादन क्षमता १८०० मेगावाट भएकाले माग धान्न सकिन्छ । पूर्णरूपमा निर्धक्क भएर बत्ती बाल्दा हुन्छ ।” अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतकाे खपत भएको छ । उनले भने, “प्राधिकरण धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ, तिहार मनाउनका लागि बत्ती बाल्न कन्जुस्याइँ गर्नुपर्दैन ।”

घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उनको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एमसिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उनको सुझाव छ ।

Published Date: 10 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग