उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन : Icon Khabar

काठमाडौँ, कार्तिक २४ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको  थप सार्वजनिक निष्काशन अर्थात एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  लघुवित्तले कार्तिक २१ गते देखि खुलायो यस जारी एफपीओ सुचनामा लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरिएको भनिएको छ ।

दुई लघुवित्त गाभिएर बनेको हो उन्नति सहकार्य लघुवित्त। साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त केहि समय अगाडी गाभिएका थिए।  लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ।

लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गर्न लागेको हो। १०० रुपैयाँ अंकित मूल्यमा लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ रकम उठाउने छ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतम – १००० कित्ता

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा कात्तिक २४ गते हुनेछ उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म लम्बिनेछ।

को हो बिक्री प्रबन्धक ?

एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

Published Date: 10 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग