स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई : Icon Khabar

साउदी अरेबिया, माघ २। गएराती सम्पन्न फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई साउदी अरेबियाको किङ्ग फहद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा ३ का बिरुद्ध १ गोलले पछि पार्दै स्पेनिस सुपर कपको उपाधि आफ्नो क्लबको नाममा ल्याउन सफल भयो । यस जित सँगै बार्सिलोनाले कुल १४ पटक यस कप जित्न सफल भएको छ ।

खेलको सुरुवाती देखि नै राम्रो प्रदर्शन गरिरहेको बार्सिलोनाले ३३ औं मिनेट मा गाभिले पहिलो गोल गरे । त्यसपछि ४५ औं मिनेटमा रोबर्ट लेवान्डोस्की गोल गर्दै बार्सिलोनालाई २ गोलको अग्रता दिलाए । त्यसैगरि पेड्रिले ६९ औं मिनेटमा क्लबको लागि तेस्रो गोल गर्दै बार्सिलोनाले ३-० को अग्रता बढाए । रियल म्याड्रिडको लागि भने करिम बेन्जेमाले अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरेका थिए ।

रियल म्याड्रिडले भने यो कप १२ पटक जितिसकेका छन् । स्पेनिस सुपर कपलाई सुपरकोपा डे एस्पेना नामले पनि चिनिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 January 2023
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने