स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई : Icon Khabar

साउदी अरेबिया, माघ २। गएराती सम्पन्न फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई साउदी अरेबियाको किङ्ग फहद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा ३ का बिरुद्ध १ गोलले पछि पार्दै स्पेनिस सुपर कपको उपाधि आफ्नो क्लबको नाममा ल्याउन सफल भयो । यस जित सँगै बार्सिलोनाले कुल १४ पटक यस कप जित्न सफल भएको छ ।

खेलको सुरुवाती देखि नै राम्रो प्रदर्शन गरिरहेको बार्सिलोनाले ३३ औं मिनेट मा गाभिले पहिलो गोल गरे । त्यसपछि ४५ औं मिनेटमा रोबर्ट लेवान्डोस्की गोल गर्दै बार्सिलोनालाई २ गोलको अग्रता दिलाए । त्यसैगरि पेड्रिले ६९ औं मिनेटमा क्लबको लागि तेस्रो गोल गर्दै बार्सिलोनाले ३-० को अग्रता बढाए । रियल म्याड्रिडको लागि भने करिम बेन्जेमाले अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरेका थिए ।

रियल म्याड्रिडले भने यो कप १२ पटक जितिसकेका छन् । स्पेनिस सुपर कपलाई सुपरकोपा डे एस्पेना नामले पनि चिनिने गर्दछ ।

Published Date: 16 January 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय