भक्तपुर नगरपालिकामा सहकारीका कर्मचारीहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकामा सहकारीका कर्मचारीहरुको भेला सम्पन्न : Icon Khabar

भक्तपुर, कार्तिक २१ । भक्तपुर नगरपालिकामा आज सहकारीका कर्मचारीहरुको भेला सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरु सञ्चालन गरी सहकारी क्षेत्रमा नमुनायोग्य बन्नु आवश्यक भएको बताउँदै उहाँले राजनैतिक रुपले सचेत व्यक्तिले समाजलाई सही दिशातिर दोहोर्याउने प्रष्ट पारे।

भक्तपुर नपाले सिंगो नगरलाई सत्रयि बनाउन विविध गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउँदै उनले सहकारीहरुले नयाँ नयाँ क्षेत्रमा काम गर्नेतर्फ सोच्नुपर्ने बताए।

कार्यक्रममा भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरु जनताका सानातिना समस्याहरु समाधान गर्न निकै सहयोगी संस्थाको रुपमा विकास भइरहेको बताउँदै जनताको विश्वास कायम हुने ढंगले आफ्नो कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिईन्।

जनताले खाइनखाइ सहकारीमा जम्मा गरिराखेको रकम लिएर भाग्ने क्रम बढेसँगै सहकारी संस्था र सञ्चालकहरुप्रति जनताले शंकाको दृष्टिले हेरिरहेको बताउँदै उपप्रमुख जोशीले जनसमुदायमा आधारित सहकारीबारे सदस्यहरुलाई सचेत गर्नु जरुरी रहेको बताईन्।

त्यस्तै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुमा सञ्चालक समितिभन्दा व्यवस्थापन हाबी हुनु, कर्मचारीहरुमा लेखासम्बन्धी ज्ञानको कमी हुनुजस्ता समस्याहरु रहेको बताउँदै भनपाको सहकारी अनुगमन समितिमार्फत भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने प्रयासरत रहेको बताए।

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई सक्षम बनाउन भक्तपुर नपाले समयसापेक्ष ढंगले तालिमहरु आयोजना गर्दै आएको बताउँदै उनले सामुदायिक विकास कोषमा जम्मा भएको रकमलाई स्वास्थ्य क्षेत्र प्रवर्द्वनमा प्रयोग गरिरहेको बताए।

त्यस्तै भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी अभियान अगाडि बढाउन सहकारीमा कार्यरत कर्मचारीहरुको ठूलो भूमिका रहने बताउँदै कर्मचारीहरुले आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुनुपर्ने र सहकारीको मूलभूत सिद्धान्त, मूल्य मानयताबारे बुझ्न जरुरी रहेको बताए।

उक्त कार्यक्रममा सहकारी अनुगमन समितिका सदस्यद्वय हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 November 2023
Website | + posts