सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा सम्पन्न

सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा सम्पन्न : Icon Khabar

भक्तपुर, २० कार्तिक । सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा सोमबार नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख अतिथ्यतामा सम्पन्न भयो। प्रमुख अतिथि गोसाईले कार्यक्रममा बिरुवा रोपेर सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोसाईले बोल्दै सरकारको गलत आर्थिक र कृषि नीतिका कारण विगतमा कृषि उपज निर्यात गर्न सक्ने देश अहिले खर्बौको आयात गर्नुपर्ने अवस्थामा पुगेको बताए। उनले देश आत्मनिर्भर बन्न कृषिमा पहिले आत्मनिर्भर बन्नु पर्ने समेत बताए ।

उनले देशमै रासायनिक मलको उत्पादन र समयमै किसानलाई मल उपलब्ध गराउने पक्षमा आजसम्मका कुनै सरकार नभएको बताउँदै कमिसनका लागि कृषिमन्त्री बन्नेहरू रहेसम्म कृषि क्षेत्र उँभो लाग्न नसक्ने ठोकुवा गरे ।

प्रमुख अतिथि गोसाईले खेतीपातीमा रासायनिक मलको मात्र प्रयोग नगरी कम्पोष्ट मलको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिदै किसानहरू पेशागत ज्ञान सीपका साथै राजनीतिक रूपमा पनि सचेत र सङ्गठित हुनपर्ने र जग्गा जमिन बाँझो राख्न नहुने समेत बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आज सम्म भक्तपुर नगर किसान बाहुल्य नगर भनी चिनिए तापनि विस्तारै नगरवासीहरूको पेशा परिवर्तन हुँदै गएको बताईन् ।उनले बाँकी खेत वा जग्गामा आधुनिक विधि र प्रविधिले खेती गर्न सके थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने बताउँदै खेत नहुनेले कौशी खेती गरेर तरकारी उत्पादन गरी समयको सदुपयोग र पैसा बचत गर्न सक्ने औल्याईन् । उनले भनपाले वडा वडामा माटो परीक्षण शिविर आयोजना गरेको, कौशी खेती र रासायनिक मलको उचित प्रयोग सम्बन्धी तालिम दिइरहेको बताईन् ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कृषियोग्य जग्गामा प्लटिङ र घर निर्माण बढेपछि भक्तपुरमा किसान र कृषि मजदुरको सङ्ख्या घट्दै गएको बताउँदै स्थानीय उत्पादन घटेमा तरकारीलगायत कृषि उपज अत्यधिक महँगो हुने बताए । अरु देशमा खेतीपाती गर्नसमेत नेपाली युवा सस्तो ज्यामीका रूपमा लाने गरेको तर नेपालमा कृषि पेशा गरेर जीवननिर्वाह गर्न कठिन हुनुमा सरकारको गलत नीति जिम्मेवार रहेको उनले बताए । उनले युवा जनशक्ति विदेश पठाएर देशको विकास नहुने बताउँदै रोजगारको लागि नेपालमै कृषिको विविधीकरण गर्नुपर्ने समेत बताए ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष पुण्यराम दुमरुको सभापतित्वमा भएको कार्यक्रममा सिद्धि गणेश साकोका अध्यक्ष रुद्रनारायण लाखाजू, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका बालीविज्ञ सङ्गीता कटुवाललगायतले शुभकामना मान्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका सचिव चन्द्रमान सुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण सुकुपायोले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण दुमरुले लेखा प्रतिवेदन प्रस्तुत गरेको थियो भने राम वैद्यले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts