एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै : Icon Khabar

काठमाडौं, कात्तिक २० । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने नेपाल बैंकर्स एसोसिएन(एनबीए)का अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

नेपालमा पहिलो पटक हुन लागेको सो सम्मेलनको नारा ‘‘रोडम्याप फर रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ रहेको छ । सम्मेलनका क्रममा चार ओटा सेसन हुने र त्यसमा अन्तरराष्ट्रिय स्तरका बैंकर तथा वित्तीय वक्ताहरुको सहभागिता रहने छ।

सेसनमा डिजिटल ट्रान्सफरमेसन, ग्लोबल बैकिङ परिदृष्य, इन्भारोमेन्ट सोसियल गभरन्मेन्टलगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा सहभागी बैंकरहरुबीच एसियाभरका बैंकहरुमा देखिएको अनिश्चितता र अन्यौलताका विषयमा समेत विशेष छलफल हुनेछ ।

आयोजक देश नेपाल भएकोले यहाँको बैंकिङ र समग्र अर्थतन्त्रको विकासका लागि ‘रिईम्याजिन इकोनोमि अफ नेपाल’ नामक विशेष सेसन समेत सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने