एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै : Icon Khabar

काठमाडौं, कात्तिक २० । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको सहभागिता रहने नेपाल बैंकर्स एसोसिएन(एनबीए)का अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

नेपालमा पहिलो पटक हुन लागेको सो सम्मेलनको नारा ‘‘रोडम्याप फर रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ रहेको छ । सम्मेलनका क्रममा चार ओटा सेसन हुने र त्यसमा अन्तरराष्ट्रिय स्तरका बैंकर तथा वित्तीय वक्ताहरुको सहभागिता रहने छ।

सेसनमा डिजिटल ट्रान्सफरमेसन, ग्लोबल बैकिङ परिदृष्य, इन्भारोमेन्ट सोसियल गभरन्मेन्टलगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा सहभागी बैंकरहरुबीच एसियाभरका बैंकहरुमा देखिएको अनिश्चितता र अन्यौलताका विषयमा समेत विशेष छलफल हुनेछ ।

आयोजक देश नेपाल भएकोले यहाँको बैंकिङ र समग्र अर्थतन्त्रको विकासका लागि ‘रिईम्याजिन इकोनोमि अफ नेपाल’ नामक विशेष सेसन समेत सञ्चालन हुनेछ ।

Published Date: 06 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु