आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक २१ । आज २०८० कात्तिक २१ गते मंगलबार, तदअनुसार ७ अक्टोबर २०२३ । आज कार्तिक कृष्ण दशमी, ब्रह्म वणिज मघा ।

आजको राशिफल

मेष: मनको चञ्चलतामा नियन्त्रण राख्नुहोला । जीवनसाथीप्रति आपसी समझदारी रहने छ । घर भित्र तथा बाहिर सुख शान्ति कायम रहने छ ।

वृष: स्थायी सम्पत्तिको किनवेचबाट ठूलो लाभ हुनेछ । पार्टनरको सहयोग समयमा पाउँदा प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।

मिथुन: स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । बौद्धिक कार्य सफल रहनेछ । कुनै प्रवुद्ध वर्गको मार्गदर्शन रहने छ ।

कर्कट: कार्यमा अवरोध आउने छ । बिना कारण मानिसहरुसंग भनाभन हुनसक्छ । हतार नगर्नु होला ।

सिंह: प्रयास सफल रहने छ । कुनै ठूलो समस्या समाधान हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । लाभको अवसर हात पर्नेछ ।

तुला: उतेजनामा नियन्त्रण राख्नु होला । जीवनसाथीको सहयोग पाइने छ । व्यावसायिक यात्रा सफल सफल रहने छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । अपेक्षित कार्यमा वाधा आउने छ । चिन्ता तथा तनाव रहने छ ।

धनु: अज्ञात भयले सताउने छ । यात्रा सफल रहने छ । व्यवसायिक यात्रा मनोरञ्जक रहने छ ।

मकर: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

कुम्भ: पूजापाठ अनि सत्संगमा मन लाग्ने छ । आत्मशान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

मीन: क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा खर्च हुनेछ । जोखिम नलिनु होला ।

Published Date: 07 November 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु