ब्याजदर अब घट्दै जान्छ : बैंकर्स संघ

ब्याजदर अब घट्दै जान्छ : बैंकर्स संघ : Icon Khabar

काठमाडौं, कात्तिक २० । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकले प्रिमियम घटाउन थालिसकेको दाबी गरेका छन् । सोमबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुले आधार दरमा जोड्दै आएको प्रिमियम घटाउँदै लगेको बताएका हुन् ।

प्रिमियम घटेसँगै ब्याजदर पनि घट्दै जाने उनको भनाइ छ । साथै, उनले पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकहरुको कर्जा प्रवाहमा कमी आएको बताए । कर्जा प्रवाहमा सुस्तता आएसँगै बैंकको ब्याजदर पनि घट्दै गएको उनको भनाइ छ ।

‘ब्याजदर बजारले निर्धारण गर्ने हो’ उनले भने, ‘पछिल्लो समय कर्जा प्रवाह हुन सकेको छैन, त्यसैले बैंकको ब्याजदर पनि घट्दै जान्छ ।’ साथै, अहिलेको ब्याजदरलाई पनि उच्च भयो भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

अध्यक्ष केसीले अहिले वाणिज्य बैंकहरुको औसत ब्याजदर १०.०९ प्रतिशत रहेको बताए । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन र ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2023
Website | + posts