ब्याजदर अब घट्दै जान्छ : बैंकर्स संघ

ब्याजदर अब घट्दै जान्छ : बैंकर्स संघ : Icon Khabar

काठमाडौं, कात्तिक २० । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकले प्रिमियम घटाउन थालिसकेको दाबी गरेका छन् । सोमबार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरुले आधार दरमा जोड्दै आएको प्रिमियम घटाउँदै लगेको बताएका हुन् ।

प्रिमियम घटेसँगै ब्याजदर पनि घट्दै जाने उनको भनाइ छ । साथै, उनले पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकहरुको कर्जा प्रवाहमा कमी आएको बताए । कर्जा प्रवाहमा सुस्तता आएसँगै बैंकको ब्याजदर पनि घट्दै गएको उनको भनाइ छ ।

‘ब्याजदर बजारले निर्धारण गर्ने हो’ उनले भने, ‘पछिल्लो समय कर्जा प्रवाह हुन सकेको छैन, त्यसैले बैंकको ब्याजदर पनि घट्दै जान्छ ।’ साथै, अहिलेको ब्याजदरलाई पनि उच्च भयो भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

अध्यक्ष केसीले अहिले वाणिज्य बैंकहरुको औसत ब्याजदर १०.०९ प्रतिशत रहेको बताए । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन र ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएको उनले जानकारी दिए ।

Published Date: 06 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी