दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्रीको निर्देशन

राहत, उद्दार र उपचारमा देखाएको तदारुकताप्रति रास्वपाले सरकारलाई दियो धन्यवाद

दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, कार्तिक २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन्। भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ ।’ प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए।

उनले भने, ‘अहिले तपाईहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुश भएको छ ।’ उहाँले पीडित समक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताए।

उनले भने, ‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्दारमा लाग्ने छौं ।’ त्यसको लागि कानूनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको राहत र पुनस्र्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु रहेको पनि बताए । उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । त्यसैगरि अर्यालले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

Published Date: 06 November 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता