बिहिबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो

बिहिबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १६ । पछिल्लो ३ दिन लगातार घटेको सुनको भाउ आज बिहीबार भने बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख १५ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार र मंगलबार सुनको भाउ क्रमशः प्रतितोला ५००-५०० रुपैयाँले घटेको थियो । त्यसैगरी, बुधबार भने १ हजार रुपैयाँ घटेको महासंघले जनाएको छ । बुधबार छापावाल सुन १ लाख १५ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १४ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।यता, बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2023
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)