ईसेवाको कर्मचारी भन्दै ओटीपी मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ

ईसेवाको कर्मचारी भन्दै ओटीपी मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ईसेवाको कर्मचारी भन्दै ओटीपी (वन टाइम पासवर्ड) मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ गरेको छ ।

केवाईसी फर्म अपडेटको बाहानामा ओटीपी मागेर रकम चोरी गरेको भन्दै प्रहरीले रौतहट गौर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटसँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट