दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्ज २० हजारभन्दा बढी पर्यटकद्वारा भ्रमण

दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्ज २० हजारभन्दा बढी पर्यटकद्वारा भ्रमण : Icon Khabar

चितवन, कार्तिक १४ । यस वर्षको दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्जमा २० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको अधिकारीले बताएका छन् । कुल आगन्तुकमध्ये नेपालीको संख्या १३ हजार २ सय ३३ थियो ।

दशैं बिदामा निकुञ्जले आगन्तुकबाट रु एक करोड ८५ लाख ४० हजार राजस्व संकलन गरेको छ । विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सार्क मुलुकका ७ सय ७९ पर्यटक निकुञ्जमा आएको जानकारी दिए भने अन्य मुलुकबाट ६ हजार ४८ पर्यटक आएको थियो।

निकुञ्जमा अधिकांश पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेका थिए । सौराहा क्षेत्रबाट झण्डै १८ हजार पर्यटक निकुञ्ज प्रवेश गरी ४ सय ४ वटा जीप सफारी गरेको तिवारीले जानकारी दिए ।

त्यस्तै, कसारा क्षेत्रबाट करिब एक हजार एक सय पर्यटक निकुञ्जमा प्रवेश गरेका छन् । यसबाहेक माडी क्षेत्र, अमलतारी क्षेत्र र कुजौली क्षेत्रबाट पनि केही पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

यसैबीच, पछिल्लो समय सौराहा आउने विदेशीको संख्या ह्वात्तै बढेको छ । दैनिक औसतमा १ हजार ५ सय विदेशी पर्यटक आउने गरेको होटल व्यवसायीले बताएका छन् । सौराहामा पनि होटलको अकुपेन्सी ९५ प्रतिशतभन्दा बढी छ ।

दशैंपछि विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले डिसेम्बरसम्म होटलको बुकिङ ७५ प्रतिशत पुगेको छ ।

Published Date: 31 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग