दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्ज २० हजारभन्दा बढी पर्यटकद्वारा भ्रमण

दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्ज २० हजारभन्दा बढी पर्यटकद्वारा भ्रमण : Icon Khabar

चितवन, कार्तिक १४ । यस वर्षको दशैं बिदामा चितवन राष्ट्रिय निकुञ्जमा २० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको अधिकारीले बताएका छन् । कुल आगन्तुकमध्ये नेपालीको संख्या १३ हजार २ सय ३३ थियो ।

दशैं बिदामा निकुञ्जले आगन्तुकबाट रु एक करोड ८५ लाख ४० हजार राजस्व संकलन गरेको छ । विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सार्क मुलुकका ७ सय ७९ पर्यटक निकुञ्जमा आएको जानकारी दिए भने अन्य मुलुकबाट ६ हजार ४८ पर्यटक आएको थियो।

निकुञ्जमा अधिकांश पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेका थिए । सौराहा क्षेत्रबाट झण्डै १८ हजार पर्यटक निकुञ्ज प्रवेश गरी ४ सय ४ वटा जीप सफारी गरेको तिवारीले जानकारी दिए ।

त्यस्तै, कसारा क्षेत्रबाट करिब एक हजार एक सय पर्यटक निकुञ्जमा प्रवेश गरेका छन् । यसबाहेक माडी क्षेत्र, अमलतारी क्षेत्र र कुजौली क्षेत्रबाट पनि केही पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

यसैबीच, पछिल्लो समय सौराहा आउने विदेशीको संख्या ह्वात्तै बढेको छ । दैनिक औसतमा १ हजार ५ सय विदेशी पर्यटक आउने गरेको होटल व्यवसायीले बताएका छन् । सौराहामा पनि होटलको अकुपेन्सी ९५ प्रतिशतभन्दा बढी छ ।

दशैंपछि विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले डिसेम्बरसम्म होटलको बुकिङ ७५ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट