सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार हुँदै

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोहि क्रममा आइतबार पनि सुनको भाउले ऐतिहासिक उचाई कायम रहेको हाे । कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सामान्यतया, शनिबार सुनको भाउ नतोकिए पनि हिजो भने सुनको भाउ उच्च विन्दुमा पुग्दा सुनकाे भाउ तोकिएको थियो । हिजो सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको थियो । अन्तरराष्ट्रिय बजारमा शनिबार सुनको भाउ बढेको भएर नेपाली बजारमा पनि सुन महंगिएको थियो।

साताको पहिलो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १५ रुपैयाँले बढोत्तरी भएको थियो ।

Published Date: 29 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग