सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार हुँदै

सुनको भाउ बढ्ने क्रम जारी, आइतबार प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोहि क्रममा आइतबार पनि सुनको भाउले ऐतिहासिक उचाई कायम रहेको हाे । कात्तिक १२ गते, छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सामान्यतया, शनिबार सुनको भाउ नतोकिए पनि हिजो भने सुनको भाउ उच्च विन्दुमा पुग्दा सुनकाे भाउ तोकिएको थियो । हिजो सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको थियो । अन्तरराष्ट्रिय बजारमा शनिबार सुनको भाउ बढेको भएर नेपाली बजारमा पनि सुन महंगिएको थियो।

साताको पहिलो दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १५ रुपैयाँले बढोत्तरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts
ताजा
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर
नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु
उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन, चिसो बढ्दै


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न