इजरायल–हमास युद्ध : शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

इजरायल–हमास युद्ध : शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते : Icon Khabar

काठमाडौं, कार्तिक १२ ।  इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको नाम र ठेगाना खुलाइएको छैन ।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एक नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ । हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने