इजरायल–हमास युद्ध : शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

इजरायल–हमास युद्ध : शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते : Icon Khabar

काठमाडौं, कार्तिक १२ ।  इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको नाम र ठेगाना खुलाइएको छैन ।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एक नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ । हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Published Date: 29 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग