आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक १२ । आज २०८० कात्तिक १२ गते आइतबार, तद्अनुसार २९ अक्टोबर २०२३ । आजको तिथि– कात्तिक कृष्णपक्ष प्रतिपदा, नक्षत्र– अश्विनी, योग– सिद्धि, करण– वालव, चन्द्रराशि– मेष, सूर्योदय–६ः१३, सूर्यास्त– १७ः२१ ।

आजको राशिफल

मेष: पुरानो रोग बल्झिन सक्छ । अप्रत्याशित खर्च बढ्ने छ । कसैसंग भनाभन हुनसक्छ ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

मिथुन: सुखका साधन प्राप्त हुनेछन् । नयाँ योजना बन्ने छ । तत्काल लाभ पाइने छैन ।

कर्कट: धार्मिक कार्यक्रम आयोजना हुनसक्छ । मानसिक शान्ति रहने छ । लाभको अवसर हात पर्नेछ ।

सिंह: सवारीसाधन तथा मेशीनको प्रयोगमा सावधानी अपनाउनु होला । अरुको कुरामा नबहकिनु होला । कुनै पनि महत्वपूर्ण निर्णय सोचविचार गरेरमात्र लिनु होला ।

कन्या: शारीरिक पीडाको सम्भावना छ । लेन–देनमा सावधानी अपनाउनु होला । धन प्राप्ति सुगम हुनेछ ।

तुला: सुखका साधनको प्राप्तिमा खर्च हुनेछ । धनलाभको अवसर हात पर्नेछ । ठूलो लाभ हुनसक्छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । भाग्यको साथ पाइने छ ।

धनु: शारीरिक कष्टको सम्भावना छ । यात्रामा हतार नगर्नु होला । थकान तथा कमजोरी महसूस हुनेछ ।

मकर: प्रयास सफल रहने छ । सामाजिक कार्यमा रुचि रहने छ । मान–सम्मान प्राप्त हुनेछ ।

कुम्भ: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा कुनै मांगलिक कार्य हुनेछ । पाहुनाहरुको आगमन हुनेछ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यापारबाट लाभ मिल्ने छ ।

Published Date: 29 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु