मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २ हजार ५७१.३४ विन्दुमा कायम भएको हो । मंगलबार सेयरबजारमा ३१४ कम्पनीका सेयर कारोबार भएका छन् । कुल ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४.४७ प्रतिशतले बढेको छ ।

यस्तै, जलविद्युत समूहको परिसूचक ३.९० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । न्यादी हाइड्रोपावर लिमिटेड, वुटवल पावर कम्पनी तथा एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालय पावर पार्टनर, युनिलिभर नेपाल लिमिटेड तथा बोटलर्स नेपालका सेयरधनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2025
Website | + posts