मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ११ । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २ हजार ५७१.३४ विन्दुमा कायम भएको हो । मंगलबार सेयरबजारमा ३१४ कम्पनीका सेयर कारोबार भएका छन् । कुल ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ कारोबारबाट ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४.४७ प्रतिशतले बढेको छ ।

यस्तै, जलविद्युत समूहको परिसूचक ३.९० प्रतिशत र जीवन बीमा समूहको परिसूचक ३.५५ प्रतिशतले बढेको छ । न्यादी हाइड्रोपावर लिमिटेड, वुटवल पावर कम्पनी तथा एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालय पावर पार्टनर, युनिलिभर नेपाल लिमिटेड तथा बोटलर्स नेपालका सेयरधनी रहेका छन् ।

Published Date: 28 October 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता