सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार : Icon Khabar

काठमाडौं, कात्तिक ११ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेको छ । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज (शनिबार) जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हो । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हो । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्विडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेको छ । उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेको छ ।

सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको छ । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिनुएको छ । रासस

Published Date: 28 October 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक