लोकेश्वर साकोसमा प्रमाण–पत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसमा प्रमाण–पत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, पुष ३०। लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं स्थापना दिवसको अवसरमा आज प्रमाण–पत्र तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि गोसाईले कार्यक्रममा बोल्दै नयाँ पुस्तामा रहेको सामाज प्रतिको फरक दृष्टिकोण र वास्तविकतालाई दर्शाउदै अहिलेका नयाँ पुस्ताले आत्यधिक रुपमा सामाजिक संजालको प्रयोग गर्दै अएको हुनाले यसबाट निम्तिएका विभिन्न सामाजिक विकृति र विसंगतिको जोखिमको बारेमा चिन्ता व्यक्त गरे।

हाम्रो देशमा हाल अत्यधिक मात्रामा दैनिक उपभोग्य सामाग्री देखि कृषिजन्य वस्तु सम्म आयत बृद्धि हुँदै गएको जसले देशलाई नै अन्य विदेशि मूलुक सँग परनिर्भर बनाएको बताउदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए। देशका सक्षम युवाहरु दिनप्रतिदिन विदेशिदै गएकोमा आपति जनाउदै यसको पछाडि नेपालको अस्थिर राजनीतिको दोष रहेको उनले बताए।

अतिथि भनपा साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले नयाँ पुस्तालाई देशको राजनितिक अवस्था सम्बन्धी जानकारी दिनुपर्ने र सबै नयाँ पुस्ताले राजनीतिक शिक्षा हासिल गर्नुपर्ने बताउदै सहकारीले विभिन्न कार्यक्रम मार्फत राजनीति सम्बन्धी शिक्षा प्रवाह गर्नुपर्ने कुरामा जोड दिए ।

त्यस्तै भनपा २ नं. वडा अध्यक्ष एवं भनपा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले सहकारी क्षेत्रमा गर्दै आएका विभिन्न अनुगमनाका विषयमा बताउदै देको मिवा इतापाको आयोजनाको जग्गाहरुको लालपुर्जाको वितरण सुरु भएको जानकारी दिए।

संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुजखु र संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापना कालदेखि हाल सम्म संस्थाले गर्दै आएका विभिन्न गतिविधि र संस्थामा आईपरेका उतारचराबहरुको बारेमा चर्चा गरे। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छा भक्त घजुले संघबाट सहकारीका लागि गदैं आएका विभिन्न महत्वपूर्ण कार्यको जानकारी दिदै सहकारीले सामुदायमा आधारित रहेर कार्य गर्दै आएकोेमा खुसि व्यक्त गर्दै आवश्यक सलाहसुझाव दिएका थिए।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा बोल्दै संस्थाले अहिलेको वित्तिय क्षेत्र अस्थिर भइरहेको समयमा पनि सदस्यहरुलाई गुनस्तरीय सेवा सुविधाहरु प्रदान गर्न सफल भएको साथै संस्थाबाट सामाजिक उत्तरदायित्व वहन गर्ने विभिन्न क्रियाकलाप गर्दै आएको बताए।

संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको नेपाल भाषा स–स्वर वाचन, डोरी तान्ने प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता तथा प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षक तथा रेफ्रीलाई प्रमाण–पत्र तथा पुरस्कार प्रमुख अतिथि र अतिथिहरुबाट प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2023
Website | + posts