धादिङमा बिहान गएको ६.१ म्याग्निम्युडको भूकम्पले ठाउँठाउँमा पहिरो

धादिङमा बिहान गएको ६.१ म्याग्निम्युडको भूकम्पले ठाउँठाउँमा पहिरो : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए।

‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले सेतोपाटीसँग भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको छ।’

उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा क्षति पुरेको विवरण प्राप्त नगरेको बताए। त्यस्तै जनधनको क्षतिको विवरण पनि आफूले प्राप्त नगरेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न