धादिङमा बिहान गएको ६.१ म्याग्निम्युडको भूकम्पले ठाउँठाउँमा पहिरो

धादिङमा बिहान गएको ६.१ म्याग्निम्युडको भूकम्पले ठाउँठाउँमा पहिरो : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए।

‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले सेतोपाटीसँग भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको छ।’

उनले माटाका ढिस्काहरू भत्कनेबाहेक घरहरूमा क्षति पुरेको विवरण प्राप्त नगरेको बताए। त्यस्तै जनधनको क्षतिको विवरण पनि आफूले प्राप्त नगरेको जानकारी दिए।

Published Date: 22 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु