चेल्सीसँग आर्सनलको २–२ को बराबरी

चेल्सीसँग आर्सनलको २–२ को बराबरी : Icon Khabar

लन्डन, कार्तिक ५ । आर्सनलले दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले कोल पाल्मर र मखायलो टोमियासुको गोलले २–० को अग्रता लिएको थियो ।

त्यसयता आर्सनलका लागि डक्लन रिस र लिआन्द्रो ट्रोसार्डले गोल फर्काए । यो नतिजापछि आर्सनल २१ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो । समान अंकमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

सिटीले अर्को खेलमा ब्राइटनलाई २–१ ले हरायो । लिभरपुल २० अंकमा छ र उसले एभरटनलाई २–० ले पराजित गर्‍यो । यस्तै म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–१ ले पन्छायो ।

अन्य खेलमा उल्भ्सले बर्नमाउथलाई २–१, ब्रेन्टफोर्डले बर्नलीलाई ३–०, न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–० ले हरायो । नटिङघम फरेस्ट र लुटन टाउनले भने २–२ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न