चेल्सीसँग आर्सनलको २–२ को बराबरी

चेल्सीसँग आर्सनलको २–२ को बराबरी : Icon Khabar

लन्डन, कार्तिक ५ । आर्सनलले दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले कोल पाल्मर र मखायलो टोमियासुको गोलले २–० को अग्रता लिएको थियो ।

त्यसयता आर्सनलका लागि डक्लन रिस र लिआन्द्रो ट्रोसार्डले गोल फर्काए । यो नतिजापछि आर्सनल २१ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो । समान अंकमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

सिटीले अर्को खेलमा ब्राइटनलाई २–१ ले हरायो । लिभरपुल २० अंकमा छ र उसले एभरटनलाई २–० ले पराजित गर्‍यो । यस्तै म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–१ ले पन्छायो ।

अन्य खेलमा उल्भ्सले बर्नमाउथलाई २–१, ब्रेन्टफोर्डले बर्नलीलाई ३–०, न्युकासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–० ले हरायो । नटिङघम फरेस्ट र लुटन टाउनले भने २–२ को बराबरी खेले ।

Published Date: 22 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु