नेपाल बैंक लिमिटेडले १२ प्रतिशत लाभांश दिने

नेपाल बैंक लिमिटेडले १२ प्रतिशत लाभांश दिने : Icon Khabar

काठमाडौँ, पुष ३० । नेपाल बैंक लिमिटेडले १२ प्रतिशत लाभांश दिने भएको छ । बैंककाे ६३ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत लाभांश पारित गरेकाे हाे ।

साधारण सभाले हालको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार ८३१ रुपियाँको २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६ रुपियाँ बराबरको बोनस सेयर दिन लागेको बैंकले जनाएको छ । साथै चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने एक अर्ब ४४ करोड पाँच लाख ९० हजार ४८३ रुपियाँ नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

साथै बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ रुपियाँ कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

Published Date: 14 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न