मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते

मकवानपुरमा बस दुर्घटना, १५ जना घाइते : Icon Khabar

मकवानपुर, कार्तिक ३ । मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो ।

पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Published Date: 20 October 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता