दशैंमा बोनस नपाएपछि चौधरी ग्रुपका मजदुरले कुटे व्यवस्थापक

दशैंमा बोनस नपाएपछि चौधरी ग्रुपका मजदुरले कुटे व्यवस्थापक : Icon Khabar

काठमाडौँ , कार्तिक ३ ।  चौधरी ग्रुप (सिजी) ले दशैंको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटेका छन् । नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दशैं बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ । कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ । कम्पनीमा तीन सय बढी मजदूर छन् ।

सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ । बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ । मजदूरले कम्पनीका पाँच जना उच्च पदस्थ कर्मचारीलाई हातपात गरेको जनाइएको छ । उक्त सिजी ब्रुअरी नेपालका एक मात्र अर्बपति विनोद चौधरीको कम्पनी हो ।

Published Date: 20 October 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग