दशैंमा बोनस नपाएपछि चौधरी ग्रुपका मजदुरले कुटे व्यवस्थापक

दशैंमा बोनस नपाएपछि चौधरी ग्रुपका मजदुरले कुटे व्यवस्थापक : Icon Khabar

काठमाडौँ , कार्तिक ३ ।  चौधरी ग्रुप (सिजी) ले दशैंको बोनस नदिएको भन्दै सीजी ब्रुअरीका मजदूरहरुले कम्पनी व्यवस्थापनका अधिकारीहरुलाई कुटेका छन् । नवलपरासीको दुम्कौलीस्थित सिजी ब्रुअरीले दशैं बोनस नबाँडेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बुधबार बिहानदेखि कारखानामा आन्दोलन गरिरहेका मजदुरले रातिसम्मै परिसरमा नाराबाजी, ढुंगा मुढा र विरोध प्रदर्शन गरेका थिए । तर यसका लागि व्यवस्थापन वार्तामा बस्न नचाहेको मजदूरहरुको दाबी छ । कम्पनीले नाफा कमाइरहे पनि बहानाबाजी गरेर बोनस नबाँडेको आरोप मजदूरहरुको छ । कम्पनीमा तीन सय बढी मजदूर छन् ।

सिजी ग्रुपले ब्रुअरीका कर्मचारीहरुले अनधिकृत माग गर्दै अधिकारीहरुलाई कुटपिट गरेको, अभद्र व्यवहार गरेको र औद्योगिक शान्ति खल्बलाएको बताएको छ । बिक्रीमा २५ प्रतिशत कमी आएको पनि कम्पनीको दाबी छ । मजदूरले कम्पनीका पाँच जना उच्च पदस्थ कर्मचारीलाई हातपात गरेको जनाइएको छ । उक्त सिजी ब्रुअरी नेपालका एक मात्र अर्बपति विनोद चौधरीको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न