जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ : Icon Khabar

ललितपुर, कार्तिक ३ । महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-२ घर भएका ४० वर्षीय मान बहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने