जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ : Icon Khabar

ललितपुर, कार्तिक ३ । महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-२ घर भएका ४० वर्षीय मान बहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 20 October 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता