संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले आगामी कार्तिक १४ गते नेपालको संसदलाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले आगामी कार्तिक १४ गते नेपालको संसदलाई सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, कात्तिक ३ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।

नेपाल बसाईको क्रममा उनले नेपालको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीेले जानकारी दिए।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्रसङ्घकाे महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts