काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै, देशभर संक्रमितको संख्या ४० हजार माथि

काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै, देशभर संक्रमितको संख्या ४० हजार माथि : Icon Khabar

काठमाडौं, कार्तिक ३ । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।

डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ ।

महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।

सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा. पुन बताउँछन् ।

मनसुन सकिएपछि डेंगुको संक्रमण बढ्ने गरेको छ । तर, यसको जोखिम केही समयसम्म रहन्छ । मनसुन सकिए पनि नेपालमा डेंगुको संक्रमण रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने