धनगढीबाट बझाङ आउँदै बस दुर्घटना, सडकबाट चिप्लिएर बस भीरमा अड्कियो

धनगढीबाट बझाङ आउँदै बस दुर्घटना, सडकबाट चिप्लिएर बस भीरमा अड्कियो : Icon Khabar

बझाङ, कार्तिक ३ । धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस दुर्घटनामा परेको छ । आज बिहान भएकाे दुर्घटनामा सडकबाट चिप्लिएर बस भीरमा अड्केको हो ।

बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडाको चौठ्या खोलामा उक्त दुर्घटना भएकाे हाे । बसमा २२ जना यात्रु सवार थिए ।

बीच सडकमा तेर्सो परेर बस अड्किएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । बसकाे पट्टा भाँच्चिएर अनियन्त्रित हुन पुगेकाे तर मानवीय क्षति भने नभएको सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काले बताए ।

Published Date: 20 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी