भक्तपुरको अरनिको राजमार्ग हुँदै घर जानेहरुको लर्को, उपत्यकाका चारै नाकाबाट फर्किने क्रम बढ्दै

भक्तपुरको अरनिको राजमार्ग हुँदै घर जानेहरुको लर्को, उपत्यकाका चारै नाकाबाट फर्किने क्रम बढ्दै : Icon Khabar

काठमाडौँ, कार्तिक ३ । दशैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् ।

आज बिहानदेखि भक्तपुर अरनिको राजमार्ग हुँदै घर जानेहरुको भीडपनि बाक्लो छ। सुर्यविनायक हुँदै साँगा नाकामार्फत घर जाने सवारीको चाप भक्तपुरमा देख्न पाइरहेको छ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको लर्को लागेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ ।

कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनापछि झन्डै ४ लाख ६५ हजार ९ सय ७७ बढी यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनले भने, ‘शुक्रबार उपत्यकाका चारै नाकाबाट उपत्यका छाड्नेहरूको संख्या बढी छ । नाकामा ट्राफिक जाम पनि छ । तर उपत्यका भित्रका सडकमा भने ट्राफिक चाप भने कम छ ।’

Published Date: 20 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग