भक्तपुरको अरनिको राजमार्ग हुँदै घर जानेहरुको लर्को, उपत्यकाका चारै नाकाबाट फर्किने क्रम बढ्दै

भक्तपुरको अरनिको राजमार्ग हुँदै घर जानेहरुको लर्को, उपत्यकाका चारै नाकाबाट फर्किने क्रम बढ्दै : Icon Khabar

काठमाडौँ, कार्तिक ३ । दशैंका लागि उपत्यकाबाट गाउँ फर्किनेहरुको भीड लागेको छ । कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरू उल्लेख्य रहेका छन् ।

आज बिहानदेखि भक्तपुर अरनिको राजमार्ग हुँदै घर जानेहरुको भीडपनि बाक्लो छ। सुर्यविनायक हुँदै साँगा नाकामार्फत घर जाने सवारीको चाप भक्तपुरमा देख्न पाइरहेको छ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म नै घर फर्किनेहरुको लर्को लागेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग छ ।

कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनापछि झन्डै ४ लाख ६५ हजार ९ सय ७७ बढी यात्रुले उपत्यका छाडेका छन् । अझै यो संख्या दशमीको दिनसम्म नै बढ्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनले भने, ‘शुक्रबार उपत्यकाका चारै नाकाबाट उपत्यका छाड्नेहरूको संख्या बढी छ । नाकामा ट्राफिक जाम पनि छ । तर उपत्यका भित्रका सडकमा भने ट्राफिक चाप भने कम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट