उपप्रधानमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो, स्वास्थ्यमा सुधार हुँदै

उपप्रधानमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो, स्वास्थ्यमा सुधार हुँदै : Icon Khabar

काठमाडौं, कार्तिक ३ । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठ हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत छन् ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका बेला उनलाई हृदयघात भएको थियो । बुधबार बेलुका छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

Published Date: 20 October 2023


ताजा
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज सोमबारको राशिफल
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग