उपप्रधानमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो, स्वास्थ्यमा सुधार हुँदै

उपप्रधानमन्त्री श्रेष्ठलाई आइसियूबाट जनरल वार्डमा सारियो, स्वास्थ्यमा सुधार हुँदै : Icon Khabar

काठमाडौं, कार्तिक ३ । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठ हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत छन् ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका बेला उनलाई हृदयघात भएको थियो । बुधबार बेलुका छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2023
Website | + posts