सुनको मूल्य आक्रमक बन्दै, शुक्रबार मात्रै प्रतितोला १८०० रुपैयाँले बढ्यो

सुनको मूल्य आक्रमक बन्दै, शुक्रबार मात्रै प्रतितोला १८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ३ । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 20 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने