दशैंमा करिब २० लाख व्यक्तिले काठमाडौँ उपत्यका छोड्ने

दशैंमा करिब २० लाख व्यक्तिले काठमाडौँ उपत्यका छोड्ने : Icon Khabar

काठमाडौं, कात्तिक २ । दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दशैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि आज (बिहीबार) बिहानसम्म दशैं मनाउन साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको जानकारी दिए।

प्रवक्ता भट्टका अनुसार पछिल्लो दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । उनले हिजो (बुधबार)मात्र ९८ हजारले उपत्यका छाडेको बताए। ।

अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको हो । यात्राको क्रममा यात्रुलाई कुनै समस्या नहोस् भनेर विभिन्न स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको उनको भनाइ छ ।

विभिन्न प्रयोजनका लागि राजधानीमा बसोबास गर्दै आएकाहरू दशैं मनाउन उपत्यकाबाट बाहिरिएका हुन् ।

Published Date: 19 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न