आँखाका लागि लाभदायकदेखि कब्जियतका लागि समेत उपयोगी मेवा

आँखाका लागि लाभदायकदेखि कब्जियतका लागि समेत उपयोगी मेवा : Icon Khabar

काठमाडौँ, कार्तिक २ । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ। मेवा खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन। यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन्। यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन्।

आँखा
मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन्। यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ। बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन।

तौल घटाउन
बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन। यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ। तौल घटाउन पनि यसले मद्दत गर्छ।

कब्जियत
मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ। अनि यसले कब्जियत पनि हटाउँछ। छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ।

क्यान्सर
मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ। दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन। अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ।

मुटु र रक्तचाप
मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन्। यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन्। रक्तचाप पनि नियन्त्रणमा राख्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 October 2023
Website | + posts






ताजा
प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्यो
भक्तपुरको हनुमन्ते खोला जलसतह सतर्कता तह आसपास रहेकोले सावधानी अपनाउन आग्रह
राष्ट्रिय पुस्कारका लागि किशोर कुमारसँग घुस मागेपछि……




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू