बुधबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १ । कार्तिक महिनाको पहिलो दिन आज सुनको भाउ १३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । मंगलबार भने सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन १ लाख ११ हजार ९०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदीको भाउ १३ सय ७५ रुपैयाँ रहेको थियो ।

Published Date: 18 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता