प्रधानमन्त्री दाहाल मुस्ताङको जोमसोममा

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया हुने

प्रधानमन्त्री दाहाल मुस्ताङको जोमसोममा : Icon Khabar

काठमाडौँ, कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आएका हुन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।

प्रधानमन्त्री प्रचण्डलाई जोमसोम विमानस्थलमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जाली लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूले स्वागत गरेका छन् ।

साथै जोमसोममा नेकपा (माओवादी केन्द्र)ले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा पनि सहभागी हुने सो पार्टीले जनाएको छ । आजै प्रधानमन्त्री प्रचण्ड काठमाडाैँ फर्किनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 October 2023
Website | + posts