प्रधानमन्त्री दाहाल मुस्ताङको जोमसोममा

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया हुने

प्रधानमन्त्री दाहाल मुस्ताङको जोमसोममा : Icon Khabar

काठमाडौँ, कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आएका हुन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।

प्रधानमन्त्री प्रचण्डलाई जोमसोम विमानस्थलमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जाली लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूले स्वागत गरेका छन् ।

साथै जोमसोममा नेकपा (माओवादी केन्द्र)ले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा पनि सहभागी हुने सो पार्टीले जनाएको छ । आजै प्रधानमन्त्री प्रचण्ड काठमाडाैँ फर्किनेछन्।

Published Date: 18 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता