अधिकांश बैंकहरुले घटाए निक्षेपको ब्याजदर

अधिकांश बैंकहरुले घटाए निक्षेपको ब्याजदर : Icon Khabar

काठमाडौं,असोज ३० । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार अधिकांश बैंकको ब्याजदर घटेको छ भने दुईवटा बैंकले मात्रै बढाएका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आआफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।

सो व्यवस्था अनुरुप चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले ब्याजदर बढाएका थिए भने चार वटाले घटाएका थिए । तर हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ ।

कात्तिक महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा १४ बैंकहरुले घटाएका छन् । दुई बैंकले बढाएका छन् । त्यस्तै, चार बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

Published Date: 17 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु