अधिकांश बैंकहरुले घटाए निक्षेपको ब्याजदर

अधिकांश बैंकहरुले घटाए निक्षेपको ब्याजदर : Icon Khabar

काठमाडौं,असोज ३० । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार अधिकांश बैंकको ब्याजदर घटेको छ भने दुईवटा बैंकले मात्रै बढाएका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आआफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन् ।

सो व्यवस्था अनुरुप चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले ब्याजदर बढाएका थिए भने चार वटाले घटाएका थिए । तर हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ ।

कात्तिक महिनाका लागि बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा १४ बैंकहरुले घटाएका छन् । दुई बैंकले बढाएका छन् । त्यस्तै, चार बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 October 2023
Website | + posts