इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत : Icon Khabar

न्युयोर्क, असोज ३० । मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

रुसले परिषदमा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए ।

इजरायलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । छ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्ताव अघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले इजरायलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको भन्दै अमेरिकाले रुसको प्रस्तावलाई समर्थन गर्न नसक्ने बताए ।

“हमासको आलोचना नगरेर रुसले आतङ्कवादी समूहलाई आश्रय दिइरहेको छ जसले निर्दोष सर्वसाधारणप्रति अत्याचार गरेको छ, यो अपमानजनक, कपटपूर्ण र अक्षम्य छ”, उनले भने । रासस/एएनआई

Published Date: 17 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु