बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक : Icon Khabar

काठमाडौं, असोज २८ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेशको नजिक पुगेको छ । आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चार प्रवेशको नजिक पुगेको हो ।

समूह एमा नेपाल र साउदी अरबले सुरुआती २ खेलमा जित निकाल्दै समान ४ अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

बहराईनले दिएको ७८ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले अविजित ३२ रन बनाएका थिए ।

सुरुआती ब्याटिङ गरेको बहाराइन ३७ दशमलव ५ ओभरमा ७७ रनमा अलआउट भएको थियो ।

बहराइनल मुहमद अब्दुल हाकिमीले ३४ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका दिपेश कँडेल एक्लैले ६ विकेट लिए भने दुर्गा गुप्ताले ४ विकेट चट्काए ।

नेपालले लिग चरणको अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट