बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक : Icon Khabar

काठमाडौं, असोज २८ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल प्रवेशको नजिक पुगेको छ । आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चार प्रवेशको नजिक पुगेको हो ।

समूह एमा नेपाल र साउदी अरबले सुरुआती २ खेलमा जित निकाल्दै समान ४ अंक जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

बहराईनले दिएको ७८ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले अविजित ३२ रन बनाएका थिए ।

सुरुआती ब्याटिङ गरेको बहाराइन ३७ दशमलव ५ ओभरमा ७७ रनमा अलआउट भएको थियो ।

बहराइनल मुहमद अब्दुल हाकिमीले ३४ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका दिपेश कँडेल एक्लैले ६ विकेट लिए भने दुर्गा गुप्ताले ४ विकेट चट्काए ।

नेपालले लिग चरणको अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 15 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु